
गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलमबीच बुधबार औपचारिक रुपमा सम्बन्धविच्छेद भयो। पत्नी निलमले काठमाडौँ जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि निवेदन दिएकी थिइन्।
यो जोडीको सम्बन्ध विच्छेद भएसँगै सामाजिक सञ्जालमा खबर भाइरल भएको छ।
ढकालले भने सम्बन्ध कहिल्यै नमर्ने भन्दै सामाजिक सन्जालमा लेखेका छन्।
रामकृष्णले निलमसँगको तस्वीर राख्दै फेसबुकमा लेखेका छन्, ‘अरूले जेसुकै भनुन्, तर हाम्रो सम्बन्ध कहिल्यै मर्दैन।’
सम्बन्धित समाचार :