३० जेठ २०८३, शनिबार

मलेसियामा कामदारको तलब बढ्यो, नेपाली कामदारले पनि लाभ लिने

पुस १०, २०७६
मलेसियामा कामदारको तलब बढ्यो, नेपाली कामदारले पनि लाभ लिने

मलेसिया सरकारले आउँदो जनवरीदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम तलब बढाउने भएको छ ।

मलेसियाको मानव संसाधन मन्त्रालयले आगामी वर्ष सन् २०२०को जनवरी १ तारिखदेखि लागू हुने गरी स्वदेशी तथा विदेशी श्रमिकको तलव बाउने जनाएको हो । 

मन्त्रालयका अनुसार जनवरी १ देखि श्रमिकको न्यूनतम तलब १ हजार २ सय रिंगिट हुने भएको छ । तलब बढेपछि श्रमिकले न्यूनतम मासिक तलब करिब ३३ हजार पाउने छन् ।

मलेसियामा हाल श्रमिकको न्यूनतम तलब एक हजार १ सय रिंगिट रहेको छ । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्