०२ असार २०८३, मंगलबार

सरकारलाई दिएको समर्थन पनि फिर्ता लियो समाजवादीले, गुम्यो दुई तिहाइ

पुस १०, २०७६
सरकारलाई दिएको समर्थन पनि फिर्ता लियो समाजवादीले, गुम्यो दुई तिहाइ

समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधवार बसेको केन्द्रीय कार्यकारिणी बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । 

संविधान संशोधनका लागि विज्ञ समूह गठन गर्ने विषयमा सोमवारको मन्त्रिपरिषद् बैठकमा राखेको ठाडो प्रस्ताव प्रधानमन्त्री ओलीले अस्वीकार गरेको भन्दै उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले मंगलवार राजीनामा दिएका थिए ।

उनीसँगै समाजवादीका नेता तथा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पनि राजीनामा दिएका थिए । अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्