
पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता बिहीवारदेखि शुरू हुँदैछ ।
१४ पुससम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक कास्की जिल्ला टेनिस संघले जनाएको छ ।
१६ औं संस्करणसम्म भेट्रान्स स्पर्धामा मात्रै प्रतिस्पर्धा भएको प्रतियोगितामा यो वर्षबाट खुलातर्फको विधा पनि समेटिएको हो ।
प्रतियोगितामा पुरुष र महिलातर्फ एकल र युगलमा प्रतिस्पर्धा हुनेछ । नयाँ पत्रिकामा खबर छ ।