
प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र भएर १९ महिना काम गर्न पाएका शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले जाँदाजाँदै कर्मचारी नै पांग्रा र इन्धन रहेको बताएका छन् ।
यी कर्मचारीको साथ र सहयोगले आफूले प्रधानमन्त्री निवास, संसद भवन, मुख्यमन्त्री आवास, स्टेट गेस्ट हाउससहित राज्यका प्रभावकारी र ठूला योजना अगाडि बढाउन सकेको उनले बताए ।
बुधवार मन्त्रालयको बिदाइ कार्यक्रममा बोल्दै मन्त्री राईले सबै कर्मचारीलाई समान व्यवहार गरेको र हाकिम रैतीको व्यवहार नभएकै कारण आफूले अगाडि सारेका योजना अगाडि बढाउन सहज भएको बताए । अन्नपूर्ण पोस्टमा खबर छ ।