
आयरल्यान्डको डब्लिन चिडियाखाना घुम्न गएका एक बालकले जीवनकै सबभन्दा तर्साउने घटना बेहोरेका छन् ।
सीन नामक ती बालक चिडियाखानमा रहेको बाघ बस्ने खोरअगाडि उभिएर तस्वीर खिचाइरहेको बेलामा बाघले उनीमाथि आक्रमण गरेको हो ।
भिडियोमा कैद उक्त घटनामा बाघ ती बालकलाई अलि परबाट आक्रमण गर्न तम्तयार भएको देखिन्छ ।
आफ्नो पिठ्युँपछाडि भइरहेको घटनाप्रति अनभिज्ञ बालकले तस्वीर खिचाउनका लागि पोज दिँदै गर्दा उसले दौडिँदै आएर आक्रमण गर्छ । तर खोरको बलियो शीशामा ऊ ठोकिन पुग्छ ।
आवाज सुनेर स्तब्ध भएका बालक त्यहाँबाट हराउँछन् अनि प्रत्यक्षदर्शीहरू चिच्याउँदै हाँस्न थाल्छन् ।
बालकका बुवाले घटनाको भिडियो ट्विटरमा पोस्ट गरेपछि भाइरल बनेको थियो ।
बाघ बिचरो शीशामा ठोकिएर टाउको बजारिएपछि दुई दिनसम्म रन्थनिने भयो भनी एक ट्विटर प्रयोगकर्ताले लेखे ।
एजेन्सी