०८ असार २०८३, सोमबार

कसैले एक इञ्च भूमि मिचेको पनि सहन सक्दैनौं– प्रचण्ड

कसैले एक इञ्च भूमि मिचेको पनि सहन सक्दैनौं– प्रचण्ड
फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको दशकलाई आर्थिक विकास र समृद्धिको दशकको रूपमा मनाउन आह्वान गरेका छन् ।

देशमा ठूला–ठूला परिवर्तन भएपनि हुन नसकेको एउटै कुरा आर्थिक विकास रहेको प्रचण्डको ठम्याइ छ । 

बिहीवार चितवनमा हात्ती महोत्सव उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आर्थिक विकास र समृद्धिको मामिलामा एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए ।  

‘देश २००७ सालदेखि राजनीतिक अराजकतामा गयो, हामीले ठूला ठूला राजनीतिक परिवर्तन गर्‍यौं, तर अझै नसकेको कुरा विकास हो । हामी नेपाली राष्ट्रिय स्वाधीनताको मामलामा एक ठाउँमा छौं । एक इञ्च भूमि मिचेको सहन सक्दैनौं,’ उनले भने ।

प्रचण्डले आर्थिक विकासलाई गति दिनका लागि संकल्प, प्रतिबद्धता र आफैंले आफ्नो ठाउँबाट योगदान गर्ने समय आएको बताए ।

नेपाल अवसरको संघारमा रहेको भन्दै उनले यसलाई खेर जान दिन नहुने बताए ।

‘सबै राजनीतिक दल, नागरिक समाज र युवासँग अबको दशकलाई विकास र समृद्धिको दशकको रूपमा अगाडि बढाउन र प्रकृतिले दिएका स्रोत–साधनको सदुपयोग गरेर समृद्धिको लागि लाग्न आग्रह गर्छु,’ उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्