२९ असार २०८३, सोमबार

सरकारले तोक्यो उखुको समर्थन मूल्य

सरकारले तोक्यो उखुको समर्थन मूल्य

सरकारले उखुको समर्थन मूल्य तोकेको छ ।

मन्त्रिपरिषद्को पुस ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले उखुको मूल्य प्रतिक्विन्टर ५५६ रुपैयाँ तोक्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले उखुको लागत मूल्य तोकिएको जानकारी दिए ।

यसअघि उखुको समर्थन मूल्य नतोकिँदा उखु मिलले आफूखुशी मूल्य तोकेका थिए । सरकारले शहीद गंगालाल हृदय केन्द्रको कार्यकारी निर्देशकमा झापा निवासी डा. चन्द्रमणि अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्