
केन्याको मसाइ मारा नेसनल रिजर्भमा एक गोहीले जेब्रामाथि आक्रमण गरेपछि जेब्रा आन्द्रा बाहिर निकालेर भागेको कारुणिक तस्वीरहरू सार्वजनिक भएका छन् ।
स्तब्ध बनाउने तस्वीरहरूमा जेब्रा एक विशाल गोहीको दाह्रामा जकडिएको देखिन्छ ।
जेब्रा गोहीबाट जसोतसो छुटकारा पाउँछ अनि नदी किनारामा ४० फीटमाथि पुग्छ । उसलाई निकै चोट लागेकाले उसको प्राणान्त हुन पुग्छ ।
यो कारुणिक घटनाको तस्वीरहरू वन्यजन्तु फोटोग्राफर शाजमीन हुसेनले खिचेका हुन् । यस्ता तस्वीरहरू सार्वजनिक गर्न हुन्छ कि हुँदैन भनी उनले निकै सोचविचार गरेपछि प्रकाशित गर्ने निर्णय लिए । प्रकृतिको नियम नै यस्तै हो भन्ने जिकिर लिँदै उनले तस्वीर सार्वजनिक गरेको बताए ।
गोहीले आक्रमण गरेपछि जेब्राको भुँडी फुटेको थियो । भुँडी फुटेपछि आन्द्रा बाहिर निस्केको थियो ।











एजेन्सी