चिलीको वालपराइसो शहरमा क्रिसमस मनाउने क्रममा गरिएको आतिशबाजीले १ सय २० घरमा आगलागी भएको छ ।
मंगलवार साँझ गरिएको आतिशबाजीका क्रममा आगो लाग्दा सयौं घरहरू ध्वस्त भएका हुन् ।
बुधवार बिहान स्थानीय सञ्चारमाध्यमहरूसँग बोल्दै शहरका मेयर जर्ज शार्पले आगो नियतवश लगाइएको दाबी गरे ।
उक्त शहर चिलीको पर्यटकीय शहर थियो ।
'क्रिसमस मनाउँदा लागेको आगोका कारण सयौं घरहरू ध्वस्त भएका छन्, करोडौंको सम्पति जलेर नष्ट भएको छ,' एक प्रहरी अधिकारीले पुष्टि गरे ।
यद्यपी कसैको हताहत भने अहिलेसम्म नभएको प्रहरीले जनाएको छ ।
आगो निभाउन मंगलवार रातिदेखि नै दमकल, फायर फाइटर र सुरक्षाकर्मीहरू परिचालित गरिएका थिए । तेज हावाका कारण आगोको मुस्लो टाढा टाढासम्म फैलिएको थियो ।
'बुधवार बिहानसम्म आगो नियन्त्रणमा आएको थिएन,' एक स्थानीय बासिन्दाले सञ्चारमाध्यमहरूसँग भने ।