०२ असार २०८३, मंगलबार

८ वर्षका यी बच्चाले २०१९ मा कमाए ३ अर्ब

८ वर्षका यी बच्चाले २०१९ मा कमाए ३ अर्ब

पैसा कमाउन कडा मेहेनेत गर्नुपर्छ । तर अमेरिका बस्ने ८ वर्षका बालक भने २६ मिलियन डलरका मालिक भएका छन् ।

रायन गौन नामका बालकले युट्युब च्यानलबाट यति धेरै पैसा कमाएका हुन् । सन् २०१९ मा मात्र उनले २६ मिलियन डलर जोड्न सफल भए ।

फोर्ब्स म्यागाजिनले जारी गरेको सूचीमा रायन गौनको नाम पनि सामेल छ । युट्युबबाट सबैभन्दा धेरै कमाउनेहरूमध्ये रायन सबैभन्दा माथि छन् ।

उनले रेयान्स वर्ल्ड नामको युट्युब च्यानल चलाउँछन् । यो च्यानल सन् २०१५ मा लन्च गरिएको थियो । त्यतिबेला रायन जम्मा ३ वर्षका थिए ।

उनको युट्युब च्यानलमा २२ मिलियन भन्दा बढी सब्स्क्राइबर छन् र त्यसमा नयाँ खेलौना 'अनबक्स' गर्ने खालका भिडियोहरू सेयर गर्ने गर्छन् । उनका कतिपय भिडियोहरू अर्बौंले हेरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्