१९ असार २०८३, शुक्रबार

संसदमा सुवाल, ‘कृत्रिम नागरिकता बसको टिकट जस्तै बाढ्न मिल्दैन !’

कात्तिक २०, २०७४
संसदमा सुवाल, ‘कृत्रिम नागरिकता बसको टिकट जस्तै बाढ्न मिल्दैन !’
काठमाडौं २९ चैत्र - नेपाल मजदुर किसान पार्टीले सरकारले ल्याउन लागेको नयाँ संविधान संशोधनप्रति बिरोध जनाएको छ । यतिवेला संविधान संशोधन आवश्यक नभएको सो दलको दावी छ ।
व्यबस्थापिका संसदको मंगलवारको बैठकमा सभामुखसँग समय लिएर नेमकिपा सांसद प्रेम सुवालले संशेधन विधेयक राष्ट्रघाती रहेको आरोप लगाएका हुन् । ‘कृत्रिम नागरिकता बसको टिक जस्तै दिनु हुदैन, भारतमा अंगीकृत नागरिकता पाउन ७ बर्ष लाग्छ’ उनले भने ।

सुवालले प्रत्येक प्रदेशवाट ८ जना सदस्य राष्ट्रिय सभामा जाने कुरालाई घटाएर तीन जनामा सीमित गरिएको भन्दै उनले आपत्ति जनाए । ‘भुगोललाई वेवास्था गर्नु देशलाई उपेक्षा गर्नु हो । सीमा हेरफेर गरी पाँच नम्बर प्रदेशलाई तराइमात्र बनाउने कुरा देश घात हुने छ’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्