२८ जेठ २०८३, बिहीबार

विप्लवसँग मिलेर मोहन वैद्य र मोहन विक्रमद्वारा आन्दोलनको कार्यक्रम घोषणा

कात्तिक २०, २०७४
विप्लवसँग मिलेर मोहन वैद्य र मोहन विक्रमद्वारा आन्दोलनको कार्यक्रम घोषणा
काठमाडौं, ५ पुस– ५ दिनअघि कार्यगत एकताको घोषणा गरेका मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल र विप्लव नेतृत्वको नेकपा माओवादीले राष्ट्रियताको रक्षको लागि भन्दै संयुक्त आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।3 communist party
मंगलबार तीन पार्टीका अध्यक्षले हस्ताक्षर गरेको विज्ञप्तिमा पौष १६ गते काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गर्ने , . पौष २२ गते अपरकर्णाली परियोजना विरुद्ध सुर्खेतमा जनप्रदर्शन गर्ने, पौष २५ गते अपरकर्णाली परियोजना विरुद्ध संखुवासभामा गर्ने र पौष २९ गते विराटनगरमा अनाधिकारिक रुपमा बसिरहेको भारतीय काउन्सिलर कार्यालय विरुद्ध जनप्रदर्शन गर्ने उल्लेख गरिएको छ ।
भारतबाट नेपालको राष्ट्रियता, जनस्रोत र प्राकृतिक स्रोतसाधनमाथि हस्तक्षेप भएको तीन पार्टीले बताउँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्