
भारतीय राजदूत मञ्जीव सिंह पूरीको बिदाइका क्रममा उनलाई राष्ट्रपतिदेखि दलका नेताहरूले दिएको महत्त्वलाई लिएर राप्रपा अध्यक्ष कमल थापाले आलोचनात्मक टिप्पणी गरेका छन् । राष्ट्रपतिदेखि दलका नेताहरूको अस्वभाविक व्यवहार देख्दा लज्जाबोध हुने उनको टिप्पणी छ ।
अध्यक्ष थापाले टि्वटरमा लेखेका छन्– 'राजदूतहरू आउने जाने क्रम चलिरहन्छ, त्यो स्वभाविक हो तर अहिले भारतीय राजदूतको बिदाइको सन्दर्भमा राष्ट्रपतिदेखि विभिन्न दलका नेताहरूको अस्वभाविक व्यवहार देख्दा लज्जाबोध हुन्छ ।'
देशमा ठूलो परिवर्तन भएपनि नेताहरूमा राणाकालीन आत्मसमर्पणवादी मानसिकता बढेर गएको उनको आरोप छ ।
'देशमा ठूलो परिवर्तन भयो, गणतन्त्र आयो भनिन्छ तर नेताहरूको राणाकालीन आत्मसमर्पणवादी मानसिकता भने झन बढेर गयो,' उनले लेखेका छन् ।
हेर्नुहोस्, थापाको ट्वीट :
राजदुतहरु आउने जाने क्रम चलिरहन्छ।त्यो स्वभाविक हो।तर,अहिले भारतिय राजदुतको बिदाईको सन्दर्भमा राष्ट्रपतिदेखि विभिन्न दलका नेताहरुको अस्वभाविक व्यवहार देख्दा लज्जावोध हुन्छ।देशमा ठुलो परिवर्तन भयो,गणतन्त्र आयो भनिन्छ तर नेताहरुको राणाकालिन आत्मसमर्पणवादी मानसिकता भने झन बढेर गयो।
— Kamal Thapa (@KTnepal) December 28, 2019