
कामदार पठाउने प्रक्रिया बन्द भएर डेढ वर्षपछि मलेसिया खुलेपछि संस्थागत रुपमा ७ हजार युवाले श्रम स्वीकृति लिएका छन् ।
२ महिनामा मलेसियाको श्रम स्वीकृति लिनेको संख्यामा शतप्रतिशतले वृद्धि भएको छ ।कामदार पठाउने प्रक्रिया बन्द भएर डेढ वर्षपछि मलेसिया खुलेपछि संस्थागत रुपमा ७ हजार युवाले श्रम स्वीकृति लिएका छन् ।
२ महिनामा मलेसियाको श्रम स्वीकृति लिनेको संख्यामा शतप्रतिशतले वृद्धि भएको छ ।भदौमा २ देशबीच भएको छलफलपछि संस्थागत रुपमा माग खुला गरिएपछि कात्तिक र मंसिरमा ७ हजार २५ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले सार्वजानिक गरेको तथ्यांकमा उल्लेख छ ।
विभागका महानिर्देशक भिष्मकुमार भुसालले मागपत्र प्रमाणिकरणमा आएको सुधारसँगै मलेसिया जान श्रम स्वीकृति लिने श्रमिकको संख्या बढदै गएको बताए । मलेसिया खुलेपछि कात्तिकमा २ हजार १ सय र मंसिरमा ४ हजार ९२२ युवाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । २०५७ कात्तिक ११ मा नेपाल र मलेसियाबीच श्रम सम्झौता भएपनि स्वास्थ्य परीक्षण गर्ने संस्थाको छनोटमा बिचौलियाको दबाबमा रोजगारी खुल्न सकेको थिएन ।
बाहिर सार्वजानिक नगरिएपनि मलेसियाको मेडिकलमा दुवै देशका बिचौलियाले चलखेल गरी सिमित संस्थाले मात्र पाउनुपर्ने जनाउँदै आएका कारण मलेसिया रोकिएको थियो । एक महिनाअघि मलेसियाका रोजगादाताले विभिन्न ५ वटा क्षेत्रका लागि ३१ हजार २०१ नेपालीको माग पठाएका थिए । सो मागअनुसार थप युवाको श्रम स्वीकृति लिने समय रहेका कारण आगामी महिना संख्या थप हुने देखिन्छ । काराेबार दैनिकमा खबर छ ।