१८ असार २०८३, बिहीबार

घुससहित सहायक प्रशासक नै पक्राउ

कात्तिक २०, २०७४
घुससहित सहायक प्रशासक नै  पक्राउ


काठमाडौँ, २९ चैत - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन बागेश्वरी–४ भक्तपुरस्थित गुठीको जग्गा मोही नामसारी गर्ने क्रममा रु ५० हजार घुस लिँदै गरेका अवस्थामा गुठी संस्थान भक्तपुरका सहायक प्रशासक छत्रबहादुर पौडेललाई पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार सहायक प्रशासक पौडेलले घुस मागिरहेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले आज उहाँकै कार्यकक्षबाट पक्राउ गरेको हो ।

आयोगले आजै सहायक प्रशासक पौडेललाई हदैसम्मको कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दासमेत दायर गरेको जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्