
समयअघि नै हिमपात हुँदा हिमाली भेगका किसान खुसी भएका छन् ।
वर्षा नहुँदा सुक्खा भएका पाखा बारीमा हिउँ पर्दा चिस्यान कायम रहन्छ, जसले हिउँदे र वर्षेबालीका लागि समेत सघाउने भएकाले उनीहरू खुसी भएको कृषि मौसमविद् रामेश्वर रिमाल बताउँछन् ।
पहाडी र तराई भेगमा भने लामो शीतलहरले बस्तुभाउ जोगाउन कठिन हुने उनी बताउँछन् ।
‘मासिन मात्र हैन वस्तुलाई समेत बोरा वा कपडाले छोपेर, आगो बालेर न्यानो बनाउनुपर्छ,’ उनले भने,‘मानिसलाई झैं घर्पालुवा वस्तुभाउलाई पनि चिसोमा रुघा लाग्ने, श्वासप्रश्वासको समस्या हुन्छ ।’ गोरखापत्र दैनिकमा खबर छ ।