२६ जेठ २०८३, मंगलबार

उद्योग बाणिज्य महासंघमा गोल्छा विजयी, अर्को कार्यकाल अध्यक्ष बन्ने बाटो खुला

कात्तिक २०, २०७४
उद्योग बाणिज्य महासंघमा गोल्छा विजयी, अर्को कार्यकाल अध्यक्ष बन्ने बाटो खुला
काठमाडौं, २९ चैत– नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा विजयी भएका छन् । वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी किशोर प्रधानलाई पराजित गर्दै उनी वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।
golchha
मंगलबार अबेर सम्पन्न मतपरिणामअनुसार जिल्लातर्फ गोल्छाले ६१ मत प्राप्त गरे भने प्रधानले ४२ मत ल्याए। यस्तै वस्तुगतमा प्रधानले ५१ मत पाए भने गोल्छाले ४७ मत ल्याए ।
गोल्छा वरिष्ठ उपाध्यक्षमा विजयी बनेसँगै उनी अर्को कार्यकालका लागि अध्यक्ष बन्ने बाटो खुला भएको छ ।

महासंघको संशोधित विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनेले अर्को कार्यकालमा स्वतः अध्यक्ष हुन पाउने व्यवस्था छ |  सोहि अनुसार यो कार्यकाल भने भवानी राणा महासंघको अध्यक्ष बन्नेछिन् ।

जिल्ला तथा नगरको उपाध्यक्षमा प्रधान समूहका प्रमोद श्रेष्ठ जियी भए भने वस्तुगततर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ विजयी  भए | यस्तै  एशोसियटतर्फबाट चन्द्रप्रसाद ढकाल सर्वसम्मत उपाध्यक्ष चयन भए ।

नेतृत्व चयनका लागि महासंघमा आज दिनभर मतदान भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्