२८ असार २०८३, आइतबार

आगलागीका कारण अष्ट्रेलियाका ३० हजार विस्थापित

आगलागीका कारण अष्ट्रेलियाका ३० हजार विस्थापित
सन्दर्भ तस्वीर

अष्ट्रेलियाको पूर्वी गिप्सल्याण्ड क्षेत्रमा रहेको जङ्गलमा आगलागी भएपछि ३० हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् । स्थानीय समयानुसार सोमवार बिहान ९ बजेतिर उच्च तापक्रम थियो भने तातो हावाहुरी चलेको थियो । 

केही दिनदेखि अष्ट्रेलियाका दर्जनौ ठाउँमा आगलागी भइरहेका छन् । ती आगलागी थप फैलिँदै गएपछि हजारौ मानिस विस्थापित भएका हुन् ।  

'पूर्वी गिप्पस्ल्याण्डका सवै जना आजै त्यहाँबाट अन्यत्र जानु पर्दछ, आगलागीका कारण थप क्षतिको खतरा बढेको छ,' अग्नी नियन्त्रण सम्वन्धी कार्यालयका एक अधिकारीले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले थप लेखेका छन्, 'त्यस क्षेत्रमा यात्रा नगर्नु, त्यस क्षेत्रमा कुनै पनि सहयोग र उद्धारका काम गर्न असम्भव छ ।'

गिप्सल्याण्डलाई चर्चित र लोकप्रिय पर्यटकीय क्षेत्र मानिन्छ । क्रिसमस र नयाँ बर्षको अवसरमा लाखौं मानिसले यहाँ भ्रमण गर्ने, बिदा मनाउने गर्दछन् ।  

आगलागीबाट सचेत रहन भन्दै भिक्टोरिया, साउथ अस्ट्रेलिया, न्यू साउथ वेल्स, तास्मानिया लगायतका क्षेत्रमा पनि चेतावनी दिइएको छ ।

अष्ट्रेलियाका धेरै ठाउँमा ४३ डिग्री सेल्सियसको हाराहारीमा तापक्रम रहेको मौसम अधिकारीहरुले जनाएका छन् । त्यसैगरी ३५ किलोमिटर प्रतिघण्टाको गतिमा तातो हावा चलेको छ ।

salt training

कमेन्ट गर्नुहोस्