काठमाडौँ, ३० चैत- सफल उद्यमी शेखर गोल्छा यसअघि नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फका उपाध्यक्ष थिए । उनले त्यसअघि महासंघमा दुईपटक कार्यसमिति सदस्य भएर काम गरिसकेका छन् ।

कार्यसमिति सदस्य, उपाध्यक्ष तथा विभिन्न फोरमका सभापतिसमेत गरेर उनले महासंघमा झन्डै १० वर्ष बिताइसकेका छन् । औद्योगिक घराना गोल्छा अर्गनाइजेसनका पछिल्लो पुस्ताका गोल्छा स्मार्ट उद्यमीका रूपमा समेत परिचित छन् ।
गोल्छा अर्गनाइजेसनमा कार्यकारी निर्देशकका रूपमा उनले अटोमोबाइल, औषधि उद्योग, बैंक तथा बिमा, इलेक्ट्रोनिक्स, निर्यातलगायत विभिन्न क्षेत्रका व्यवसाय सञ्चालन गरिरहेका छन् ।