
नेपाल प्रहरी, नायक महानिरीक्षक (डीआईजी) डा आशा सिंह प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा सिफारिस भएकी छिन्। उनी प्रहरी प्राविधिक डीआइजी हुन्।
प्राविधिक प्रहरी उपसमूह अन्तर्गत रिक्त रहेको एआइजीमा डा सिंहको नाम बढुवा सिफारिस गरिएको बढुवा समितिको सचिवालयले जनाएको छ। उक्त पदका लागि सिंहसँगै, डीआइजीहरु मिनराज पाठक र डा सुमनराज श्रेष्ठ पनि प्रतिष्पर्धामा थिए।
यसअघि ३ पुसमा प्रहरी अस्पतालकी प्रमुख डा दुर्गा थापाले अवकाश पाएपछि एउटा प्राविधिक एआईजी पद रिक्त थियो।
गृह सचिव प्रेमकुमार राईको अध्यक्षतामा सोबार बसेको बढुवा समितिले उनलाई सिफारिस गरेको हो। बढुवा समितिमा प्रहरी महानिरीक्षक सदस्य सचिव रहन्छन्।