०१ असार २०८३, सोमबार

भ्रमण वर्ष उद्घाटन कार्यक्रममा ५ देशका पर्यटनमन्त्री सहभागी हुने

पुस १५, २०७६
भ्रमण वर्ष उद्घाटन कार्यक्रममा ५ देशका पर्यटनमन्त्री सहभागी हुने

नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन्। दशरथ रंगशालाबाट राष्ट्रपति भण्डारीले बुधबार (१ जनावरी २०२०) भव्य समारोहणबीच भ्रमण वर्षको उद्घाटन गर्ने भएकी छन्।

भ्रमण वर्ष तयारीको जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भने ‘२०२० भ्रमण वर्षको प्रस्ताव विन्दु मात्रै हो। यो अभियानलाई एक दशकसम्म मनाउने योजना छ।’

भ्रमण वर्षकै तयारीका लागि एक सय वटाभन्दा बढी संघसंस्थासँग छलफल गरिएको छ। औपचारिक कार्यक्रम काठमाडौंसहित सातै प्रदेशका विभिन्न स्थानबाट हुने जानकारी मन्त्री भट्टराईले दिए। उनका अनुसार २०२० को एक वर्षमा २० लाख पर्यटक ल्याउन बढीभन्दा बढी प्रयास भइरहेको छ।

भट्टराईले भने गत साउन १५ गते म मन्त्री भएर आएपछि अधिकांश समय मैले भ्रमण वर्षकै तयारीमा खर्चिएको छु। यो समयमा भएका विभिन्न संघसंस्था, निजी क्षेत्र, अन्तर्राष्ट्रिय क्षेत्र, अन्तर्राष्ट्रिय वायुसेवा, कूटनीतिक नियोग, सामाजिक क्षेत्र, स्वयंसेवी समूह-संगठनलगायतसँग भएको छलफलबाट निकै हौसल्ला मिलेको छ। सबैको सहयोगमा भ्रमण वर्ष सफल बनाउने हो। भ्रमण वर्ष सरकारले संयोजन गरेको भए पनि सिंगै देश आयोजक भएको तर्क पनि मन्त्री भट्टराईको छ।

भ्रमण वर्षलाई राष्ट्रिय उत्सवका रूपमा मनाउन, दीर्घकालीन योजना तय गरेर अगाडि बढ्न र लक्षित पर्यटकको संख्या पुर्‍याउन पनि सबै क्षेत्रको उतिकै साथ र सहयोग आवश्यकपर्ने भनाइ मन्त्रीको छ। भ्रमण वर्षमा २० लाख पर्यटक आउँदा देशलाई के फाइदा हुनेछ? गुणस्तरीयता कति कायम गर्न सकिन्छ रोजगारी तथा कुल गार्हस्थ उत्पादन (जीडीपी) पुर्‍याउन सक्ने योगदानसहितको विषयमा जोड दिनुपर्नेछ।

भ्रमण वर्षको शुभारम्भको दिन देशभरी दिवापली गर्न र उज्जालो भविष्यको सुरुवातको संकेत दिन मन्त्रीले सबै निकायसँग आग्रह गरेका छन्। उनले सबै सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी क्षेत्र, विदेशस्थित कूटनीति नियोगसहित सबैले दिपावली गरेर भ्रमण वर्षलाई स्वागत गर्न तथा यही दिनबाट नेपालीको यात्रा उज्यालोतर्फ उन्मुख भएको सन्देश दिन सकिने औंल्याए।

राष्ट्रपति भण्डारीले गर्ने भ्रमण वर्ष भव्य समारोहमा प्रधानमन्त्री केपी ओलीले पनि विशेष सम्बोधन गर्ने भएका छन्। कार्यक्रममा सरकारी उच्च पदस्थ व्यक्ति, निजी क्षेत्रका प्रतिनिधिको उल्लेख्य उपस्थित हुनेछ। विभिन्न संस्थाबाट मार्चपास हुनेछ। 

निजी क्षेत्रको साथ रहेको सन्देश दिन पर्यटनमन्त्रीले सम्बोधन गर्ने क्रममा निजी क्षेत्रको प्रतिनिधि मन्त्रीको पछाडि उभिने भएका छन्।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलको विशेष प्रस्तुित तथा नेपाली कलाकारको सांगीतिक प्रस्तुति हुनेछ। कार्यक्रममा नेपाल घुम्न आउ भन्ने सन्देश दिने गरी तयार पारिएको नयाँ भ्रमण वर्ष प्रवद्धनात्मक संगीत सार्वजनिक हुनेछ।

कार्यक्रममा पाँच देशका पर्यटनमन्त्री, १८ देशका ३५ वटा विदेशी सञ्चारमाध्यका प्रतिनिधि उपस्थित हुनेछन्। भ्रमण वर्षकै स्वागत स्वरूप मंगलबारदेखि नै विभिन्न निजी क्षेत्रले केट काट्ने र औपचारिक रूपमा भ्रमण वर्षलाई स्वागत गर्ने कार्यक्रम तय भएको छ। भ्रमण वर्षको तयारी पूरा भएको औपचारिक जानकारी दिन आयोजिक कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्यले भने ‘निजी र सरकारी क्षेत्रको प्रयास नै संख्यात्यमकसँगै गुणत्मक पर्यटक भित्र्याउने पनि हो। उनका अनुसार राष्ट्रिय उत्सवलाई भव्य बनाउन र यसको सन्देश संसारभर पुर्‍याउने औपचारिक कार्यक्रम हुने उल्लेख छ। सरकारले विदेशी कूटनीतिक नियोगमा भने जनावरी ७ तारेखका दिन औपचारिक कार्यक्रम गर्न र भ्रमण वर्षलाई स्वागत गर्न आग्रह पनि गरेको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्