२४ असार २०८३, बुधबार

मोडलिङकै शैलीका तस्वीर राख्दै चिनियाँ राजदूतले दिइन् भ्रमण वर्ष सफलताको शुभकामना

मोडलिङकै शैलीका तस्वीर राख्दै चिनियाँ राजदूतले दिइन् भ्रमण वर्ष सफलताको शुभकामना

नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले उपत्यकाका प्राचीन सम्पदामा खिचिएका तस्वीरहरू ट्वीटरमा राखेकी छन् ।

रातो पहिरनमा मोडलिङकै शैलीमा खिचिएका तस्वीर राख्दै राजदूत याङ्छीले नेपालको सौन्दर्यको वर्णनसहित नेपाल भ्रमणयोग्य रहेको उल्लेख गरेकी छन् ।

'वास्तविक सौन्दर्यले सधैं मुटुको गहिराइसम्म छुन्छ । इतिहास, विविधता र प्रकृतिको साथमा सुन्दर नेपाल यात्राका लागि योग्य छ,' राजदूत याङ्छीले ट्वीट गरेकी छन् ।

साथै उनले नेपाली भाषामा नै लेखेकी छन्– '२०२० नेपाल भ्रमाण वर्ष सफलताको शुभकामना !'

उनको ट्वीट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई पनि मेन्सन गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्