
पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा मंगलवार हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जम्मु–कश्मिरमाथि रहेको पश्चिमी न्यून चापीय प्रणाली नेपालको पूर्वी भूभागबाट पश्चिमी भेगमा प्रवेश गर्ने भएकाले हिमपातको सम्भावना रहेको जनाइएको छ ।
सोे प्रणाली बुधवार साँझसम्ममा अझै सशक्त भई मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन् ।
उनले बुधवार र बिहीवार देशैभरि बदली भई तापक्रममा घट्ने चिसो बढ्ने बताइन् ।