
सोमवार सम्पन्न नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा कृष्णप्रसाद दुलाल निर्वाचित भएका छन् ।
संशोधित विधान २०७१ को दफा २०.७ बमोजिम केन्द्रीय कार्यसमितिका पदाधिकारीको निर्वाचन सम्पन्न भएको हो ।
केन्द्रीय कार्यसमितिको निवर्तमान अध्यक्षमा शम्भुप्रसाद दाहाल, संस्थागत उपाध्यक्षमा नवराज डल्लाकोटी, संस्थागत उपाध्यक्षमा सुभाष आचार्य, उपाध्यक्षमा आकाश गोल्छा, उपाध्यक्षमा करण चौधरी, महासचिवमा सुनिल रिजाल, सचिवमा अनुप बराल, कोषाध्यक्षमा सुरेन्द्रकुमार उप्रेती, सहकोषाध्यक्ष विक्रम सिंहानिया, सदस्यमा ध्रुवबहादुर थापा, ऋषिकुमार ढकाल, राजनबाबु श्रेष्ठ, अभिक ज्योति, मिलनबाबु मल्ल, दीपक अग्रवाल, निराकार श्रेष्ठ, सुरज भट्टराई, पंकज अग्रवाल, निलमणि पाठक रहेका छन् ।
अध्यक्षबाट मनोनित केन्द्रीय सदस्यमा प्रकाश कपुरी, कपिल शिवाकोटी र शुभासिस थपलिया रहेका छन् ।