१८ असार २०८३, बिहीबार

निलम्बित सीडीओ रिजाल अख्तियारको नियन्त्रणमा

निलम्बित सीडीओ रिजाल अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई पक्राउ गरेको छ। 

 क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस लिएको अभियोग लागेपछि उनलाई संघीय सरकारले निलम्बन गरेकामा अख्तियारले मंगलबार पक्राउ  गरेको हो। 

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार भ्रष्टाचार गरेको अभियोग लागेका उनमिाथि अनुसन्धान भइरहेकोमा पक्राउ गरिएको हो।
अख्तियारका अनुसार रिजालले मेलुङ गाउँपालिका(४ भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका वडा नम्बर १ का उदिम तामाङ र इन्द्रबहादुर तामाङसँग २१ हजार रुपैयाँ असुलेका थिए।

salt training

कमेन्ट गर्नुहोस्