०३ असार २०८३, बुधबार

लागुऔषध नाइट्राभेटका दुई हजार पत्तासहित पक्राउ

लागुऔषध नाइट्राभेटका दुई हजार पत्तासहित पक्राउ

महानगरीय प्रहरी वृत्त थिमिले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सर्लाही लालबन्दी नगरपालिका–१ घर भई हाल मध्यपुरथिमि–१ लोकन्थली बस्ने धर्मेन्द्रकुमार कुशवाहालाई पक्राउ गरेको प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए। 

 प्रहरीले पक्राउ गरेका कुशवाहको कोठामा छापामा मार्दा लुकाइछिपाई राखेको अवस्थामा लागुऔषध नाइट्राभेट दुई हजार २५ पत्ता फेला पारी लागुऔषध कारोबार ऐनअन्तर्गत मुद्दा दायर गरी महानगरीय प्रहरी वृत्त थिमिमा राखेर अनुसन्धान शुरु गरेको जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्