३१ जेठ २०८३, आइतबार

अस्पतालमा उपचारत कामतीले जिते १० लाख

अस्पतालमा उपचारत कामतीले जिते १० लाख

सडक दुर्घटनामा परी हाल विराटनगर नसिङ होममा उपचारत रहेका सिराहाका जितेन्द्रकुमार कामतीले एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा नगद पुरस्कार १० लाख रुपैयाँ जितेका छन् ।

योजना अन्तर्गत पहिलो महिनाको पुरस्कार जित्ने कामती भाग्यशाली ग्राहक हुन् ।

मंसिर ३० गते प्रत्यक्ष प्रसारण भएको एक टेलिभिजन कार्यक्रम मार्फत कामती यो योजनाको पहिलो मासिक विजेताका रुपमा छानिएका थिए ।

बुधवार चर्चित हाँस्य कलाकार जितु नेपालले उनी उपचारत रहेको अस्पतालमा गई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । 

आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ योजना मंसिर १ गतेदेखि सञ्चालन गर्दै आएको छ । योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख नगद र प्रत्येक महिना १० लाख रुपैयाँ नगद जित्ने मौका पाउँछन् । 

अस्पतालमा छोराको उपचार खर्च तिर्नका लागि पैसाको खाँचो परेको बेलामा नगद पुरस्कार एक ठूलो आश्चर्य र राहतको रुपमा आएको जितेन्द्रकुमार कामतीका बुवा हरि किशोर कामतीले बताए । ‘छोरा केही दिनमा डिस्चार्ज हुने आशामा छौं,’ जितेन्द्रका बुवाले भने, ‘यो पैसाले केही व्यापार पनि गर्ने योजनामा छौं ।’

योजनाको पहिलो ६ हप्तासम्ममा ३० जना भाग्यशाली ग्राहकले जनही २ लाख रुपैयाँ जितेका छन् । ती ३० जनामध्ये ९ जना ग्राहकले आ–आफ्नो नगद पुरस्कार ग्रहण गरिसकेका छन् । २१ जना ग्राहक प्रमाणीकरण प्रक्रियामा रहेका छन् । 

एनसेलका प्रिपेड र पोस्टपेड सेवाका सबै ग्राहकले हप्तामा १०० रुपैयाँ वा यसभन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन सक्छन् । आइतवारदेखि शनिवारको साप्ताहिक चक्रमा योजनामा सञ्चालन भइरहेको छ । योजनाको प्रत्येक ४ हप्ताको समापनसँगै त्यस महिनाको १ भाग्यशाली ग्राहकको पनि घोषणा गरिने छ । 

ग्राहकले १०० रुपैयाँ वा त्योभन्दा बढीको ब्यालेन्स रिचार्जमा प्रत्येक १०० रुपैयाँ बराबरको एक विशेष कोड एसएमएसमार्फत प्राप्त गर्छन् । उदाहरणका लागि यदि कुनै ग्राहकले ३५० रुपैयाँ रिचार्ज गर्दछ भने उसले ३ विशेष कोड नम्बरहरू प्राप्त गर्दछ । त्यसैगरी ग्राहकले ५०० रुपैयाँ रिचार्ज गरेमा ५ वटा विशेष कोडहरू प्राप्त हुनेछन् । 

यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्नुपर्ने हुन्छ । योजना अन्तर्गत प्रत्येक हप्ता सोमवार साँझ साढे ६ बजे एपिवान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबूक पेजमार्फत ५ भाग्यशाली ग्राहकको घोषणा हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्