०४ साउन २०८३, सोमबार

गृहसचिव र आईजीपीले पाए गृहमन्त्रीबाट १०–१० हजार पुरस्कार !

गृहसचिव र आईजीपीले पाए गृहमन्त्रीबाट १०–१० हजार पुरस्कार !

गृहमन्त्री रामबहादुर थापाले गृहसचिव प्रेमकुमार राई र प्रहरीका आईजीपीलाई १०–१० हजार रुपैयाँसहित पुरस्कृत गरेका छन् ।

गृह मन्त्रालय र मातहतका निकायमा रहेको बेरुजु रकम फर्छ्यौटमा राम्रो प्रगति गरेको भन्दै मन्त्री थापाले पुरस्कृत गरेका हुन् ।

गृहमन्त्री थापाले गृहसचिव राई, नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल, सशस्त्रका आईजीपी शैलेन्द्र खनाल, अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेललाई १०–१० हजार रुपैयाँसहित पुरस्कृत गरेका छन् ।

गृह मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७४/७५ सम्मको बेरुजुमध्ये मन्त्रालयले ७४.४१ प्रतिशत बेरुजु फर्छ्यौट गर्दै उत्कृष्ट भएको छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरी क्रमशः ८८.५ र ८६.९६ प्रतिशत बेरुजु फर्छ्यौट गर्दै सर्वाेत्कृष्ट भएका छन् । अध्यागमन विभाग ८४.६२ प्रतिशत बेरुजु फर्छ्यौट गर्दै  उत्कृष्ट भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्