०८ साउन २०८३, शुक्रबार

ताइवानमा वायुसेनाको हेलिकप्टर दुर्घटना हुँदा शीर्ष अधिकारीसहित ८ जनाको मृत्यु

ताइवानमा वायुसेनाको हेलिकप्टर दुर्घटना हुँदा शीर्ष अधिकारीसहित ८ जनाको मृत्यु

ताइवानमा वायुसेनाको एक हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा देशका एक शीर्ष सैन्य अधिकारीसहित आठजनाको मृत्यु भएको छ । 

राजधानी ताइपेइ बाहिरको पहाडमा बिहीवार उक्त दुर्घटना भएको हो । त्यसमा पाँचजना बाँच्न सफल भएको रक्षा मन्त्रालयले जनाएको छ । 

चीफ अफ जनरल स्टाफ जनरल शेन यी–मिङको दुर्घटनामा मृत्यु भएको हो । 

हेलिकप्टर ताइपेइबाट उत्तरपूर्वी शहर यिलानतिर गइरहेको थियो । दुर्घटना हुनुअघि उसले आपतकालीन अवतरणको प्रयास गरेको थियो । 

ताइवानको रक्षा मन्त्रालयका अनुसार, यूएच–६०एम ब्ल्याकहक हेलिकप्टरमा १३ जना सवार थिए । बिहान ७ः५० मा उडेको विमान केही समयपछि नै दुर्घटनामा परेको थियो । 

दश मिनेटपछि नै हेलिकप्टर राडार स्क्रीनबाट हराएको थियो र वुलाइको घना जंगल भएको पहाडी क्षेत्रमा ठोकिएको थियो । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्