०५ साउन २०८३, मंगलबार

गगन थापालाई गोकुल बास्कोटाको कटाक्ष - आफूविरुद्ध लेख्नेलाई उठबस गराएको होइन ?

गगन थापालाई गोकुल बास्कोटाको कटाक्ष - आफूविरुद्ध लेख्नेलाई उठबस गराएको होइन ?

सरकारले ल्याएको सूचना प्रविधि विधेयकको विरोधमा भिडियो सन्देश जारी गरेको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाली कांग्रेसका युवानेता गगन थापाप्रति कटाक्ष गरेका छन् ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गगन थापाको नाम नलिइकनै बास्कोटाले सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई पावरको भरमा उठबस गराएको आरोप लगाएका हुन् ।

'जजसले भिडियो सन्देश जारी गर्नुभएको छ, उहाँले आफू विरुद्ध लेख्नेलाई उठबस गराएको बिर्सिनु भएन,' बास्कोटाले भने, 'त्यतिबेला कानून थिएन, शक्तिको आडमा गैरकानूनी रूपमा उठबस गराइयो । अहिले कानून बनेको छ, अनि कानूनकै विरोध गर्ने ?'

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिबाट सूचना प्रविधि विधेयक पारित भइसकेपछि सांसद थापाले विधेयकका विरुद्धमा सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गरेका थिए ।

बास्कोटाले सरकारका विरुद्धमा नागरिकहरूलाई उचाल्ने प्रपन्च रचिएको भन्दै सरकारको प्रतिरक्षा गरे ।

'सरकारले पेश गरेको, उपसमितिले थप समृद्ध गराएको र  प्रतिपक्षी दलका सांसदहरूले दिएको सुझाव पनि समेटिएको विधेयक हो भन्ने कुरा किन बिर्सेको ? बास्कोटाले प्रश्न गरे, 'आफै कानून बनाएर अनि त्यही कानूनका विरुद्धमा भ्रम छर्ने ?'

मन्त्री बास्कोटाले प्रयोगकर्ताले व्यक्तिगत रूपमा दर्ता गरेर मात्र सामाजिक सञ्जाल चलाउन पाउने भनाई हल्ला मात्र भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्