०५ साउन २०८३, मंगलबार

स्कुबा डाइभरले शार्कमाछासँग गरे डान्स (भिडियो)

स्कुबा डाइभरले शार्कमाछासँग गरे डान्स (भिडियो)

रुसको नेप्चुन शपिङ मलमा रहेको एक्वेरियममा एक स्कुबा डाइभरले शार्कमाछासँग नाचेको दृश्य पर्यटकले देख्न पाएका छन् ।

यसको भिडियो फूटेजमा डाइभरले शार्कको पखेटा समातेर नाचेको देखिन्छ । 

शार्क ठाडो गरी उभिएको अनि डाइभरले उसको पखेटा समातेर बिस्तारै नाचिरहेको देख्दा दर्शकहरू छक्क परे । 

उनीहरू यसरी पानीमुनि नाचिरहँदा दुर्लभ माछाहरू उनीहरूका वरिपरि तैरिरहेका थिए । घटनाको भिडियो गत अक्टोबर महिनामा खिचिएको थियो । 

उक्त ओसनेरियममा ४१ एक्वारियम छन् र तिनमा १५० प्रजातिका माछा, सामुद्रिक स्तनधारी तथा अन्य समुद्री प्राणीहरू छन् ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्