०३ असार २०८३, बुधबार

चीनमा देखिए तीन सूर्य !

चीनमा देखिए तीन सूर्य !

चीनको उत्तरपूर्वमा रहेको जिलिन प्रान्तस्थित फुयु शहरका निवासीहरू मंगलवार तीनवटा सूर्य देखेर आश्चर्यमा परेका छन् । 

बिहान लगभग ८ बजेतिर वास्तविक सूर्यको दाहिने र देब्रे भागमा दुईवटा चम्किला कुरा देखिएका थिए । ती दुई अतिरिक्त ‘सूर्य’ तुलनात्मक रूपमा ठूला थिए भने बीचको चाहिँ अलि सानो थियो । यो दृश्य करीब २० मिनेटसम्म कायम रह्यो । 

यस्तो अद्भुत दृश्य ‘सन डग’ नामक प्राकृतिक घटनाले गर्दा हुन्छ ।

आईस क्रिस्टलहरूमार्फत प्रकाश परावर्तन भएपछि सन डगहरू प्रकाशका रंगीन स्पोट बन्छन् । यो प्रकृतिमा वातावरणीय दृश्यात्मक घटना भएको मौसम वेबसाइटका प्रमुख विश्लेषक हु सियाओले बताए । 

यस्तो दृश्य निकै दुर्लभ हुन्छ । पहिलो कुरा त तापक्रम माइनस २० डिग्री जति हुनुपर्छ । त्यसबाहेक यो बिहान घाम लाग्नेबित्तिकै हुनुपर्छ र घाम लागेको बेलामा प्रशस्त मात्रामा आइस क्रिस्टलहरू हुनुपर्छ ।

यसको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

सीजीटीएनबाट

salt training

कमेन्ट गर्नुहोस्