
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३ दशमलव २९ अङ्कले घटेर एक हजार १६६ दशमलव २१ मा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव १० अङ्कले घटेर २५२ दशमलव १८ मा रोकिएको छ । परिसूचक घटेपनि कारोबार रकम भने ५० करोड नाघेको छ ।
स्टकका अनुसार आज कुल १७० कम्पनीका १६ लाख ६० हजार ४०६ कित्ता शेयर रु ५३ करोड २२ लाख ११ हजार २११ मा खरिदबिक्री भयो । कारोबार भएका कुल १२ उपसमूहमध्ये तीन उपसमूहको मात्र शेयर उकालो लागेको छ ।
जलविद्युत् २ दशमलव २४ अङ्कले बढ्दा उत्पादन ४१ दशमलव २२ र लघुवित्तको शेयर १५ दशमलव ५६ अङ्कले बढेको छ । यसैगरी बैङ्किङ २ दशमलव २ ले घट्दा व्यापार ३ दशमलव ९५, होटल ७१ दशमलव ९९, विकास बैङ्क १ दशमलव १९, फाइनान्स १ दशमलव १३, निर्जीवन बीमा १६ दशमलव २२, अन्य ११ दशमलव ९७, जीवन बीमा ४८ दशमलव ८४ र सामूहिक लगानी कोषको शेयर ० दशमलव ०२ अङ्कले घटे । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो ।
सो कम्पनीको शेयर रु नौ करोड २१ लाख ४९ हजार ७५९ मा खरिदबिक्री भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु तीन करोड ११ लाख ५७ हजार ५९७, प्रभु बैङ्कको संस्थापक शेयर रु दुई करोड ३५ लाख २० हजार, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको रु दुई करोड १४ लाख ७२ हजार १६९, हिमालयन डिस्टिलरीको रु एक करोड ८७ लाख ८३ हजार ४०६, एनआइसी एसिया बैङ्कको रु एक करोड ७१ लाख २१ हजार ४९८, होटल सोल्टीको रु एक करोड ६७ लाख १७ हजार १४ र प्रोग्रेसिभ फाइनान्स लिमिटेडको संस्थापक शेयर रु एक करोड ५७ लाख ८९ हजार १२८ मा खरिदबिक्री भयो ।
परिसूचक घटेपनि जोशी हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले ८ दशमलव ३३ प्रतिशतले कामाए । यस्तै नेपाल सेवा लघुवित्त वित्तीय संस्था ७ दशमलव ६८, युनियन हाइड्रोपावर लिमिटेड ७ दशमलव ५५, स्वाभिमान लघुवित्त वित्तीय संस्था ६ दशमलव ३९, शिवम् सिमेन्ट ४ दशमलव ४९, समता माइक्रोफाइनान्स वित्तीय संस्था ४ दशमलव ०८ र सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३ दशमलव ८६ प्रतिशतले कमाए ।
जलविद्युत् लगानी तथा विकास कम्पनीका लगानीकर्ताले ७ दशमलव ५८ प्रतिशतले गुमाउँदा ओरियन्टल होटल लिमिटेड ५ दशमलव २१, विशाल बजार कम्पनी ३ दशमलव ९७, सप्तकोशी डेभलपमेन्ट बैङ्क ३ दशमलव ९३, प्रभु बैङ्क (संस्थापक) ३ दशमलव ७०, तारागाउँ रिजेन्सी होटल ३ दशमलव ६९ र रिलायन्स फाइनान्सका लगानीकर्ताले ३ दशमलव ५३ प्रतिशतले गुमाए ।