सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले सूचना प्रविधि विधेयक खुला समाजविरुद्ध नभएको स्पष्ट पारेका छन् ।
नेपाल सरकारका प्रवक्ता मन्त्री बास्कोटाले सूचना प्रविधि विधेयकका विषयमा नकारात्मक हल्ला र भ्रम सिर्जना गरिएकोसमेत बताए ।
मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्न मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले भने, ‘तथ्यहरू छोप्ने, भ्रम सिर्जना गर्ने काम भएको छ ।’ गोरखापत्र दैनिकमा खबर छ ।