२३ जेठ २०८३, शनिबार

‘हिँउचितुवा’को स्वास्थ्यअवस्था बुझ्न पर्यटनमन्त्री पुगे न्यूरो अस्पताल

कात्तिक २०, २०७४
‘हिँउचितुवा’को स्वास्थ्यअवस्था बुझ्न पर्यटनमन्त्री पुगे न्यूरो अस्पताल

काठमाडौं, ३० चैत– ‘हिँउचितुवा’ नामले चिनिने कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको स्वास्थ्यस्थितिबारे जानकारी लिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरी बुधबार काठमाडौंको बाँसवारीस्थित न्युरो अस्पताल पुगेका छन् ।

बिनाअक्सिजन १० पटक सगरमाथा चढेका शेर्पा टाउको, कलेजोमा समस्या देखिएपछि एक हप्तादेखि न्युरो अस्पतालमा उपचार गराइरहेका छन् ।

स्वास्थ्यस्थितिबारे जानकारी लिँदै मन्त्री गिरीले स्वास्थ्य उपचारका लागि राज्यले गर्नुपर्ने सहयोग गर्न तयार रहेको पनि बताए ।

मन्त्री गिरीले बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरेर मुलुकको इज्जतलाई उचाइमा पु¥याएको भन्दै शेर्पाको उपचारका लागि मन्त्रिपरिषद्मा समेत कुरा लैजाने जानकारी दिए ।

सो भेटमा मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारी तथा नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीको पनि उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्