
नयाँ वर्ष २०२० को अवसरमा भायानेटले ग्राहकका लागि ‘ट्रिपल ट्वान्टी अफर’ नयाँ वर्ष २०२० को सुमधुर सुरुवात गर्नका लागि भायानेटले ग्राहकहरू लागि २० एमबीपीएसको नयाँ इन्टरनेट प्लान ल्याएको छ ।
नयाँ इन्ट्री–लेबलको प्लान सीमित अवधिका लागि वार्षिक ११ हजार ४०० रुपैयाँमा उपलब्ध छ, जसमा २५०ं च्यानलहरू भएको नेट टीभी निःशुल्क पाउनुका साथै जडान शुल्कमा १००० रुपैयाँ छुट प्रदान गरिन्छ ।
भायानेटले बजारमा आएको २० वर्ष पनि मनाइरहेकाले ‘ट्रिपल ट्वान्टी अफर’ नयाँ ग्राहकको लागि भायानेटको परिवारसँग जोडिनका लागि उत्कृष्ट समय रहेको र अफर ३० डिसेम्बर २०१९ देखि १४ जनवरी २०२० सम्म लागू हुने जनाइएको छ ।