२३ असार २०८३, मंगलबार

खेतमा सुक्दै किसानका उखु

पुस १९, २०७६
खेतमा सुक्दै किसानका उखु

मुलुकमै सबैभन्दा बढी उखु खेती हुने सर्लाही जिल्लाका तीन चिनी उद्योगमध्ये दुईवटा चिनी उद्योग उखु क्रसिङको मध्य सिजनमा पनि सञ्चालन हुन सकेका छैनन् । 

जिल्लाको उत्तरी भेगस्थित इन्दुशंकर चिनी उद्योग हरिवनले एक साताअघिबाट उखु क्रसिङ गरिरहेको छ तर दक्षिणी भेगमा पर्ने अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बिहीवारबाट सञ्चालन गर्ने तयारी गरेपनि किसानले अवरोध गरेका छन् । 

गत वर्षकै पैसा बाँकी राखेर उखु क्रसिङ शुरू गर्न लागेको भन्दै सयौंको संख्यामा उद्योगमा पुगेका किसानले गत वर्षको पैसा नपाएसम्म उद्योग सञ्चालन हुन नदिने भन्दै अवरोध गरेका हुन् । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्