
कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा धान उत्पादनमा एक प्रतिशतले कम भएको जनाएकाे छ ।
मन्त्रालयले शुक्रवार धान उत्पादनको तथ्यांक सार्वजनिक गर्दै गत वर्ष ५६ लाख १० हजार मेट्रिक टन उत्पादन भएको जनाएको छ ।
सो उत्पादन अघिल्ला वर्षको तुलनामा सबैभन्दा बढी हो । यसपटक ५५ लाख ५० हजार ८ सय ७८ मेट्रिक टन धान उत्पादन भएको छ ।