३१ जेठ २०८३, आइतबार

जाजरकोट–नलगाड सडक कालोपत्रको तयारी शुरू : मन्त्री बस्नेत

जाजरकोट–नलगाड सडक कालोपत्रको तयारी शुरू : मन्त्री बस्नेत

जाजरकोट सदरमुकामदेखि नलगाड नगरपालिकाको दल्लीसम्म सडकको स्तरोन्नतिसँगै कालोपत्रको तयारी शुरू भएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् ।

उनका अनुसार कच्ची कटान गरेर अहिले ट्रयाक खुलाउने काम मात्र भएको छ, बाँकी मर्मतको काम भेरी करिडोर निर्माण कार्यसँगै अगाडि बढ्छ ।

विस्तृत योजना प्रतिवेदन (डीपीआर) काम चालू रहेको छ, अबको २ वर्षभित्र सबै कामको शुरूआत हुने मन्त्री बस्नेतको भनाइ छ । १४ वटा पुलको कामसँगै शुरू हुन लागेको उनको भनाइ छ ।

‘पहिलो सडक कच्ची कटान हुँदै, थियो जाजरकोट खण्डमा पुल थिएन । अहिले पुल निर्माण भएका छन्,’ मन्त्री बस्नेतले भने, ‘अब निर्माणका सामग्री लिनसमेत सजिलो भएको छ, सबै कामसँगै अगाडि बढ्छन् ।’

यही सडक निर्माण नहुँदा डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको कामसमेत गति लिनसकेको छैन । यो आयोजना निर्माण गर्नका लागि सडक पहिलो शर्त बन्दै आएको छ । सडक निर्माण भएमा जान, आउन र सामग्री ढुवानीमा सहज हुने आयोजनाका प्रमुख सञ्जय सापकोटाले बताए ।

डोल्पाका आन्तरिक सडक निर्माण कार्य समेत मुल सडक निर्माणमा भएको ढिलाइले बाधा पुग्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्