२६ असार २०८३, शुक्रबार

संविधान संशोधनको नयाँ विधेयकप्रति मधेसी मोर्चा बेखुस, सरकारी प्रस्तावविरुद्ध गर्यो यस्तो निर्णय

कात्तिक २०, २०७४
संविधान संशोधनको नयाँ विधेयकप्रति मधेसी मोर्चा बेखुस, सरकारी प्रस्तावविरुद्ध गर्यो यस्तो निर्णय

काठमाडौं, ३० चैत– सरकारले मंगलबार साँझ संसदमा संविधान संशोधनका लागि नयाँ विधेयक दर्ता गरेपछि आज (बुधबार) बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले संविधान संशोधनको नयाँ प्रस्तावप्रति विरोध जनाएको छ ।

नयाँ संशोधन प्रस्तावले आफूहरुको मागलाई थप वेवास्ता गरेको भन्दै मोर्चाले स्थानीय तह निर्वाचनमा सहभागी नहुने निर्णय पनि गरेको छ । मोर्चाले गत मंसिर १४ गते ल्याएको प्रस्तावबाट पछि हटेर सरकारले हिजो अर्को विधेयक दर्ता गरेको ठहर गरेको छ ।

काठमाडौंको बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा बसेको बैठकले आफूहरुको मूख्य माग सीमांकन परिमार्जनलाई सम्बोधन नगरेकाले नयाँ संशोधन प्रस्ताव स्वीकार गर्न नसक्ने निश्कर्ष निकालेको हो ।

बैठकमा भएको छलफलबारे जानकारी दिँदै मधेसी जनाधाकिार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले संविधान संशोधनको पुरानो विधेयकमा उल्लेखित नागरिकता, राष्ट्रिय सभा, भाषाको विषय परिमार्जन नगरिएको भन्दै नयां विधेयकको स्वामित्व नलिने निश्कर्ष निकालेको बताए ।

बैठकले आगामी बैशाख ३१ गतेका लागि तय स्थानीय तह निर्वाचन बहिष्कार गर्दै आन्दोलनका नयाँ कार्यक्रम घोषणा गर्ने पनि निर्णय गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्