२२ जेठ २०८३, शुक्रबार

नगरपालिकाका १० वटै वडा सचिवविहीन

नगरपालिकाका १० वटै वडा सचिवविहीन
प्रतिकात्मक तस्वीर

बैतडीको पुर्चौंडी नगरपालिकाका १० वटै वडा सचिवविहीन रहेका छन् ।

नगरपालिका स्थापना भएदेखि नै वडामा सचिवको अभाव भएको नगर उपप्रमुख जानकी बमले जानकारी दिइन् ।

‘वडाहरूमा सचिव नहुँदा नगरपालिकाले सम्पादन गर्ने काममा बाधा पुगेको छ,’ उनले भनिन् ।

१० वटै वडामा सचिवको काम प्राविधिक सहायकले गर्नु परिरहेको नगरपालिकाका सूचना अधिकारी प्रवीन धानुकले बताए । वडाका अधिकांश काम नगरपालिकाबाटै हुने भएकाले नागरिकले नगरपालिका धाउनुपर्ने बाध्यता रहिआएको छ । ‘सामाजिक सुरक्षाभत्ता लगायतका कामहरु पनि नगरबाटै सम्पादन गर्ने गरिएको छ,’ उनले भने ।

वडामा सचिव नहुँदा नागरिकलाई सास्ती हुने गरेको स्थानीयवासीले बताएका छन् । वडामा सचिव नहुँदा नगरपालिकाको केन्द्र धाउनुपर्ने बाध्यता रहिआएको स्थानीय रामबहादुर धामीले बताए । उनले भने, ‘गाउँमा सिंहदरबार आएपनि कर्मचारी नहुँदा साबिकका गाविसबाट पाइने सेवा पाउन पनि मुस्किल भएको छ ।’

स्थानीय तहमा जनप्रतिनिधि आएको अढाई वर्ष बढी भइसकेको भएपनि अझै कर्मचारीको पदपूर्ति हुन सकेको छैन । कर्मचारीको अभावमा वडा तहबाट पाइने सेवा प्रभावकारी नभएको नागरिकले गुनासो गरेका छन् । कर्मचारी समायोजनपश्चात् जिल्लामा कर्मचारीको अभाव बढी भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्