१२ असार २०८३, शुक्रबार

फिल्मको पोस्टरमै अभिनेत्री दिशा पाटनीको यस्तो हर्कत !

पुस १९, २०७६
फिल्मको पोस्टरमै अभिनेत्री दिशा पाटनीको यस्तो हर्कत !

बलिउड फिल्ड मलंगको ट्रेलर ६ जनवरीमा रिलिज हुँदैछ भने त्यसको भोलिपल्ट ७ जनवरीमा फिल्म रिलिज हुनेछ ।

फिल्मको प्रचारप्रसारका लागि मलंग टीमले नयाँ पोस्टर सार्वजनिक गरेको छ ।

पोस्टरमा अभिनेत्री दिशा पाटनी अभिनेता आदित्य राय कपूरको काँधमा बसेर ओठ चुम्बन गरिरहेकी छन् । फिल्मको प्रचारका लागि कलाकारले खुब मिहिनत गरिरहेका छन् ।

फिल्मको छायांकनका क्रममा दिशा र आदित्यले पानीभित्र चुम्बन गर्ने तालिम लिएका थिए । फिल्ममा पानीभित्र चुम्बन गरेको अंश रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि समेत फिल्मका अन्य पोस्टर सार्वजनिक गरिएका छन् । एक पोस्टरमा आदित्य रिसाएका देखिएका थिए । आदित्यले इन्स्टाग्राममा पोस्टर शेयर गर्दै लेखे, ‘प्यार जस्तै घृणा पनि पवित्र हुन्छ ।’

फिल्मको निर्देशन मोहित सुरीले गरेका छन् भने उत्पादन लव रञ्जन र अंकुर गर्गले गरेका छन् । फिल्ममा दिशा र आदित्यबाहेक अनिल कपूर, कुणाल खेमू लगायतले अभिनय गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्