
धनुषामा टीपरको ठक्करबाट एक महलिाको मृत्यु भएको छ।
जनकपुरधाम-७ स्थित पगलाबाबा धर्मशाला नजिक ना१क ४५०९ नम्बरको टीपरले ठक्कर दिँदा स्थानीय सुधादेवी ठाकुरको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा गम्भीर घाइते सुधाको उपचारका क्रममा जानकी हेल्थ केयर सेन्टरमा मृत्यु भएको हो। ठक्कर दिने टीपर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।