०५ साउन २०८३, मंगलबार

इरफान पठानले गरे क्रिकेटलाई बाइबाइ

इरफान पठानले गरे क्रिकेटलाई बाइबाइ

भारतीय क्रिकेट टीमका बलर इरफान पठानले सन्यास लिएका छन् ।उनले  सबै फर्म्याटबाट सन्यास लिएको शनिबार घोषणा गरेका हुन्।

१२ डिसेम्बर २००३ बाट भारतीय क्रिकेट टीमका लागि खलेका उनले करिअरमा  २९ टेस्ट, १२० एक दिवसीय र २४ टी-२० खेले।  ती सबै फर्म्याटमा गरी इरफानले करियरमा ३०१ विकेट हात पारेका थिए।
उनले टेस्ट क्रिकेटमा १ सय, एक दिवसीयमा १ सय ७३ र टी-२० मा २८ विकेट हात पारेका छन् ।

पठानले अन्तिम एक दिवसीय  २०१२ मा खेलेका थिए । सन् २००७ को टी-२० विश्वकप जिताउँदा उनी फाइनल खेलको म्यान अफ द म्याचसमेत भएका थिए । उनको नाममा टेस्ट क्रिकेटमा पहिलो ओभरमै ह्याट्रिक विकेट लिने रेकर्ड पनि बनेको छ ।

 इरफानको ब्याटबाट टेस्टमा १ हजार १सय ५, एक दिवसीयमा १ हजार ५ सय ४४ र टी-२० मा १ सय ७२ रन बनेको छ। 

उनले ३५ वर्षको उमरमा सन्यास लिएका हुन्। सन्यासको घोषणा गर्दै उनले सचिन तेन्दुकर र सौरभ गान्गुली जस्ता महान खेलाडीसँग खेल्न पाएको भन्दै उनीहरुको समेत प्रशंसा गरे।
 
 

salt training

कमेन्ट गर्नुहोस्