
पशुपतिनाथ मन्दिरको काठ कुहिएको छ ।
३ तले मन्दिरको बीचको तलाका केही काठ कुहिएको हो । आँखीझ्याल अड्यउने फ्रेम पनि मक्किएको छ ।
‘बीच तलामा रहेका आँखीझ्याल अड्याउने ९ फिटका केही काठ मक्किएका छन्,’ पशुपतिनाथ मन्दिर अध्ययन समितिका सदस्य प्रेमहरी ढुङ्गानाले भने, ‘जीर्ण बनेका काठको नमुना निकालिएको छ । त्यसलाई पुरातत्व विभागको रासायनिक प्रयोगशालामा परीक्षण गर्ने तयारी छ ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।