१३ असार २०८३, शनिबार

अहिलेसम्मै महंगो भयो सुन, प्रतितोला ७५ हजार ५ सयमा कारोबार

अहिलेसम्मै महंगो भयो सुन, प्रतितोला ७५ हजार ५ सयमा कारोबार

साताको पहिलो दिन नेपाली बजारमा सुनको भाउ वृद्धि भई नयाँ रेकर्ड कायम भएको छ ।

आइतवार सुन प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

पछिल्लो समय सुनको भाउमा निरन्तर वृद्धि भइरहेको छ । अघिल्लो दिन शुक्रवार प्रतितोला ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनले दिनप्रतिदिन नयाँ रेकर्ड कायम गरिरहेको छ ।

महासंघका अनुसार आइतवार तेजावी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार तेजावी सुन प्रतितोला ७४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन चाँदी प्रतितोला ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार चाँदी प्रतितोला ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

 

salt training

कमेन्ट गर्नुहोस्