२५ जेठ २०८३, सोमबार

नक्कली नोटसहित १ जना पक्राउ

नक्कली नोटसहित १ जना पक्राउ

नक्कली भारतीय नोटसहित बिरगञ्जबाट एक जना पक्राउ परेका छन् । 

शनिवार राति प्रहरी टोलीले नक्कली भारतीय रुपैयाँसहित २९ वर्षीय रियाज देवानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । 

विरगन्ज महानगरपालिका वडा नम्बर ८ बसपार्कमा चेकजाँचका क्रममा नक्कली ६ हजार भारतीय रुपैयाँसहित देवान पक्राउ परेका हुन् ।

उनको साथबाट रु २ हजार रुपैयाँका दरले ३ थान (६ हजार) भारतीय नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार अहिले उनीमाथि आवश्यक अनुसन्धान भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्