०३ असार २०८३, बुधबार

नेकपाका वेदुराम भुसाल र गंगा बेल्बासेले प्रदेश ३ बाट गराए उम्मेदवारी मनोनयन

नेकपाका वेदुराम भुसाल र गंगा बेल्बासेले प्रदेश ३ बाट गराए उम्मेदवारी मनोनयन

माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रदेश ३ मा उम्मेदवारी मनोनयन दर्ता गराएको छ । 

नेकपाका तर्फबाट वेदुराम भुसाल र गंगा बेल्बासेले उम्मेदवारी दर्ता गराएका हुन् ।

भुसालको प्रस्तावक र समर्थकमा दोलखाबाट प्रतिनिधि सभा सदस्य रचना खड्का र चन्द्रागिरी नगरपालिकाकी उपमेयर लिशा नकर्मी छन् ।

यस्तै कागेश्वरी मनोहरा नगरपालिका काठमाडौंका मेयर कृष्णहरि थापाको प्रस्ताव र ललितपुरका प्रदेश सभा सदस्य राजकाजी महर्जनको समर्थनमा बेल्बासेले उम्मेदवारी दर्ता गराएकी छन् ।

उम्मेदवारी मनोनयन गराएपछि नेता भुसालले राष्ट्रिय सभा प्रतिनिधि सभाको अभिभावक सभा भएकाले सोही अनुसारको भूमकिा खेल्ने बताए ।

माघ ९ गते हुने निर्वाचनका लागि आज ७ वटै प्रदेशमा उम्मेदवारी मनोनयनको कार्यक्रम छ ।

salt training

कमेन्ट गर्नुहोस्