०८ साउन २०८३, शुक्रबार

सुलेमानीको कफिन देखेर रोए अली खमेनी (भिडियो)

सुलेमानीको कफिन देखेर रोए अली खमेनी (भिडियो)

अमेरिकाले गरेको हवाई आक्रमणमा शुक्रवार बिहान मारिएका इरानी जनरल कासिम सुलेमानीको कफिन देखेपछि इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनी रोएका छन् । 

सुलेमानीको भौतिक अवशेषका अगाडि खमेनीले आँसु चुहाएका हुन् । उनको सम्मानमा हजारौं इरानीहरू तेहरानमा भेला भएका हुन् ।

रोइरहेको भीडलाई सम्बोधन गर्दै सुलेमानीकी छोरी जेनाबले पश्चिम एसियामा अमेरिकी बलहरूका विरुद्ध आक्रमणको चेतावनी दिइन् । 

सुलेमानीलाई शुक्रवार बिहान बग्दाद विमानस्थल नजिक अमेरिकी ड्रोन आक्रमणमा मारिएको थियो । यसले इस्लामिक गणतन्त्र इरानलाई स्तब्ध तुल्याएको छ र पश्चिम एसियामा तनाव चर्काएको छ ।

सुलेमानीका भौतिक अवशेष इरानमा शनिवार राति ल्याइएको थियो । 

इरानले सुलेमानीको हत्याको कठोर प्रतिशोध लिने बताएको छ र सन् २०१५ मा गरिएको आणविक सम्झौताले तोकेको सीमालाई अवज्ञा गर्दै आणविक हतियार निर्माण शुरू गरेको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्